काठमाडौँ-  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । 

सोमबार बेलुका मन्त्रिपरिषद्को बैठकपछि पत्रकार सम्मेलनमार्फत् प्रदेशबासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले राजीनामाको घोषणा गरेका हुन् । 

प्रदेशबासीलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री शाहीले आफू नेतृत्वको सरकारले यो अवधिमा गरेका कामका बारेमा चर्चा गरेका थिए । 

सत्ता गठबन्धनमा कात्तिक १५ गतेदेखि प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसलाई दिने लिखित सहमतिअनुसार कर्णाली प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारका मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिएका हुन्।

अब कर्णालीमा कांग्रेसबाट संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन्। 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...