काठमाडौँ – नेपाल बार एशोसिएसनमा आवद्ध कानुन व्यवसायीहरू विभाजित भएका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर आज देखि विरोध प्रर्दशन शुरु गरिरहँदा केही काननु व्यवसायीहरूले भने बारले प्रधानन्यायाधीसको राजीनामा माग गर्ने विषय नै नभएको भन्दै प्रतिरोधात्मक विरोध प्रर्दशन गरेका छन् ।

सर्वोच्च अदालतपरिसरमै वारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सहित पूर्व अध्यक्षहरू, पूर्व सभामुख दमननाथ ढंगाना देखि वामपन्थी नेता कमल कोइरालासम्म वारको आन्दोलनमा सहभागी भइरहँदा बार परिसरमै केही कानुन व्यवसायीहरूले भने बारको प्रर्दशन गलत भएको भन्दै अर्को प्रर्दशन गरेका छन् । प्रधानन्यायाधीसको राजीनामा माग गर्ने कानुन ब्यवसायीहरूले कालो पट्टी वाँधेर विरोध प्रर्दशन गरेका छन् । तर वारको आन्दोलनप्रति विमति जनाउँदै बारले राजीनामा माग्दैमा प्रधानन्यायाधीसले राजीनामा दिनु नहुने भन्दै कानुन ब्यवसायी स्वागत नेपाल, वार प्राङणमै दुई दिन अगाडी कुस्ती खेलेका भुमिनन्द चुडाल लगायत ५ जना कानुन व्यवसायीले भने हातमा सेतो पट्टी वाँधेर एन्टी विरोध प्रर्दशन गरेका छन् ।

प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्ने कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनु पर्ने, बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्नुपर्ने माग राखेका छन् । यस्तै उनीहरूले सर्वसाधारणलाई कानुनी सेवाबाट बन्चित गर्न नहुने बताएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...