काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा साझा धारणा ल्याउने बताएका छन् ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठनबन्धनका नेताहरूको बैठक बसेर साझा धारणा तय गर्ने बताए ।
“गठबन्धनका नेताहरू अहिले को कहाँ को कहाँ भएकाले केही ढिलो भएको हो । हामी केही दिनमै बैठक बसेर साझा धारणा बनाउने छौं,” उनले भने, “समाधान दिने गरी साझा धारणा बनाउने हाम्रो तयारी छ ।”
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...