काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले नबाँधेको बताएका छन् । उनले गठबन्धन काँचो धागोले नबाँधेकाले मजबुत भएको बताए ।
विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको गर्दै उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको समेत बताए ।
उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने बताए । प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भनाइ राख्दै उनले भने, ‘अघिल्लो सरकारले संघीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम भएको छ ।’
यस्तै, उनले आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको बताएका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...