काठमाडौँ – बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउनुपर्ने बताएको छ ।
आन्दोलनले बुधबार एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न अक्षम भएको बताउँदै महाअभियोग लगाउन दलहरूलाई आग्रह गरेको हो ।
‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, आन्दोलनले प्रधान्यायाधीश जबरा प्रतिनिधिसभा असमयमै र संविधानविपरीत विघटनको घोषणा गर्ने पूर्ववर्ती सरकारका अध्यादेशलगायत बलजफ्तीपूर्ण व्यवहारको मतियार बनेको आरोप लगाएको छ ।
विज्ञप्तिः
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...