काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पद त्याग गर्नुपर्ने पक्षमा रहेका कानून व्यावसायीहरुले आज सर्वोच्च अदालतमा बहस रोकेका छन् ।

नेपाल बार एशोसियसनको हिजोको निर्णय अनुसार कानुन व्यवसायीहरुले बहस रोकेका हुन । यद्यपी सर्वोच्च अदालतका न्यायाधीशहरु नै बेञ्चमा नबसेका कारण तीन दिनदेखि सर्वोच्च अदालतमा कुनै सुनुवाइ हुन सकेको छैन ।

आज पनि सर्वोच्च प्रशासनले २७८ वटा पेशी तोकेको छ । तर सुनुवाइ भने हुन सकेको छैन । उता, प्रधानन्यायाधीश राणाविरुद्ध उभिएका सर्वोच्चका न्यायाधीशहरूले आज पनि राणासँग छलफल गर्ने भएका छन् ।

आफ्नो समूहमा छलफल गरेर प्रधानन्यायाधीश कहाँ जाने बुझिएको छ । चौतर्फी दबाव बढे पनि प्रधानन्यायाधीश राणा भने राजिनामा नदिने अडानमा हुनुहुन्छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...