काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले जातीय विभेद गर्न पाइँदैन भन्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार गृह मन्त्रालयमा दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिवसीय दोस्रो राष्ट्रिय सम्मेलनले जारी गरेको १५ बुँदे काठमाडौँ घोषणा पत्र बुझ्दै गृहमन्त्री खाणले संविधानमा रहेको व्यवस्था व्यवहारमा पालना गर्न सरकार तयार रहेको बताएका हुन् । ‘जातीय विभेद गर्न पाइदैन भन्ने संविधानको व्यवस्था हो। त्यो व्यवस्था पालना गर्न सरकार प्रतिबद्ध छ,’ गृहमन्त्री खाणले भने ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...