काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको अदालतको पूर्ण बैठक (फुलकोर्ट)मा बाँकी न्यायाधीश सहभागी नहुने भएका छन् । आइतबार बसेको सर्वोच्चका १४ न्यायाधीशको बैठकले यस्तो निर्णय गरेको हो ।

जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।

सर्वोच्चको फुलकोर्टमा नेपाल बार एसोसिएसनलाई पनि आमन्त्रण गरिएको छ । खासै प्रयोग नहुने यो अभ्यास प्रधानन्यायाधीश जबराले थालेपछि यसलाई लिएर टीकाटिप्पणी सुरु भएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...