काठमाडौँ - सिभिल समूहका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनाविरुद्ध एक हजार ६१ जनाकाे जाहेरी परेकाे छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार तामाङसहित सहकारीका उच्च अधिकारीविरुद्ध उक्त उजुरी परेको हो ।
सहकारीको अर्बौ रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका तामाङसहित सहकारी सञ्चालकविरुद्ध मंगलबारसम्म बिगो रकम ४ अर्ब ४५ करोड ३२ लाख ३४ हजार रुपैयाँ पुगेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । तामाङसहित सहकारीका उच्च अधिकारीविरुद्ध मंगलबार मात्रै ४४ जनाले जाहेरी दिएका छन् । मंगलबार नै २० करोड रुपैयाँको बिगो थपिएको हो ।
अध्यक्ष तामाङमाथि सहकारीको ८ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उक्त रकम उनले सिभिल होम्समार्फत घर जग्गामा लगानी गरेर व्यक्तिगत सम्पत्ति आर्जन गरी विदेशमा लुकाएको आरोप छ । उनीविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...