काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर बस्न सुझाव दिएका छन् । 

पूर्वराजा शाहले मंगलबार दिएको दशैंको शुभकामना सन्देशलाई केन्दीत गर्दै भट्टराईले पूर्वराजा शाहलाई चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर बस्न सुझाव दिएका हुन् । 

शाहले आफ्नो शुभकामना सन्देशमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र नेपालजस्तो देशमा सान्दर्भिक नहुने तर्क दिएका थिए । 

डा. भट्टराईले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, ‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेति गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो ।पूर्वराजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु बेश हुनछ ।’

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...