भैरहवा – रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीसँग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाइएको कर्फ्यू आज पनि जारी रहेको छ । थप झडप हुने भयले स्थानीय प्रशासनले कर्फ्यू जारी राखेको हो ।

हिजोको झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरूमध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि लगिएका ८ जनामध्ये ४ जनाको मृत्यु भएको हो ।

घाइते १ जनाको अवस्था गम्भीर छ । मृतकहरूमध्ये कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको पहिचान खुलेको छ भने ३ जनाको अझै पहिचान खुल्न सकेको छैन ।

झडपमा नेपाल प्रहरीका १६ जना र ससस्त्र प्रहरीका १५ जना घाइते भएका छन् । घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक एक प्रहरी उपरीक्षक घाइते भएका छन् ।

घाइते प्रहरीहरूमध्ये ६ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...