काठमाडौँ – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
केसीले आजै प्रदेश प्रमुखसमक्ष ४२ सांसदको हस्ताक्षर बुझाउँदै मुख्यमन्त्री दावी गरेका थिए । लुम्बिनी प्रदेशका कुल ८० सांसदमध्ये ४२ जना सांसदले उनलाई मुख्यमन्त्रीका लागि साथ दिएका थिए ।
कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको गठबन्धनबाट उनी मुख्यमन्त्री बन्न पुगेका हुन् ।
केसीलाई हृदयेश त्रिपाठी समूहमा रहेका एमालेको सूर्यचिन्हबाट चुनाव जितेका सांसद अजय शाही समेतले हस्ताक्षर गरेका छन् । एमालेसँग त्यहाँ ३८ सांसद थिए ।
एमाले नेता शंकर पोखरेलले वुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । अहिले मुख्यमन्त्री नियुक्त भएका केसी यस अगाडी पोखरेल नेतृत्वकै प्रदेश सरकारमा आन्तरिक मामलिा तथा कानुन मन्त्रीको जिम्मेवारीमा समेत थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...