काठमाडौँ – लुम्बिनी प्रदेश नयाँ सरकार गठनका लागि चार दलका ४२ जना सांसदले प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका छन् । 

प्रदेश प्रमुख अमिक शेरचन समक्ष बुझाएएको हस्ताक्षरमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको चार दलीय गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले जनाए । 

गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् । सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए ।

योसँगै लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । यसअघि मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएपछि राजीनामा दिएकाव थिए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...