काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
यसअघि पनि मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो तर उक्त प्रस्ताव प्रक्रियामा जानुअघि नै मुख्यमन्त्रीले राजीनामा दिएका थिए ।
विपक्षी गठबन्धनले तत्कालीन प्रदेश प्रमुखबाट पोखरेललाई पुनः असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको आरोप लगाएको छ ।
प्रदेशसभाका ३४ सदस्यले संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावलीको १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । अविश्वास प्रस्ताव दर्ता गराउने क्रममा विपक्षी गठबन्धनले प्रस्तावित मुख्यमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कूलप्रसाद केसीको नाम उल्लेख गरेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...