काठमाडौँ - गण्डकीमा सरकार विस्तार भएकाे छ । शुक्रवार प्रदेश प्रमुख सीता कुमारी पौडेलले प्रदेशमा ६ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।
नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा विन्दुकुमार थापा, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रीमा कुमार खड्का, शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीमा मेषलाल श्रेष्ठ र पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ ग्रहण गरेका हुन् । माओवादी केन्द्रबाट रामजी बरालले अर्थ मन्त्रालयका लागि, दीपक चर्ती मगरले वन, वातावरण तथा भू-संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि शपथ ग्रहण गरेका छन् ।
त्यसैगरी, सामाजिक विकास मन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे), स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा हरिशरण आचार्य छन्।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...