माघ १३ गते शहिद धर्मभक्त माथेमा स्मृति दिवस मनाउने गरिन्छ । 

राणा शासनको आतंकबाट जनतालाई मुक्त गर्न धर्मभक्तले विक्रम सम्वत् १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषदको स्थापना गरे । राजा त्रीभूवनको उपस्थितिमा काठमाडौंको लैनचौरमा प्रजा परिषदको गोप्य बैठक बसिरहेका बेला उनी लगायत धैरैजनालाई पक्राउ गरियो । उनलाई राणाहरुले १९९७ माघ १२ को रातमा सिफलमा बकैनाको रुखमा झुन्ड्याएर हत्या गरेका थिए । पहिलो पटक रूखमा झुन्ड्याउँदा रूखको हाँगा भाँचिएर दोश्रो पटक झुन्ड्याइएको थियो भन्ने इतिहासकारहरूले तर्क दिने गरेका छन् । 

धर्मभक्त माथेमाको जन्म पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट वि.सं. १९६६ असोज ९ गते काठमाडौंको ओमबहाल नवहिलमा भएको थियो । वि.सं. १९९० मा धर्मभक्त माथेमाको उत्तरादेवीसँग वैवाहिक सम्बन्ध कायम भयो र उनले भारतको स्कटिस चर्च कलेजबाट आई.ए. उत्तीर्ण गरे ।

बुबा आदिभक्त राणाहरूका लागि भारतबाट सामान ल्याउथे। त्यही कारणले धर्मभक्तले दार्जीलिङमा शिक्षा आर्जन गरे । केही समय कलकत्तामा पनि पढे । शरीर दुब्लो भएकाले व्यायाम गर्न थाले ।

बङ्गालको शारीरिक व्यायामशालाबाट उनी बङ्गाल च्याम्पीयन भएर नाम कमाए । बङ्गाल अङ्ग्रेजकै पालाबाट राजनीतिक चेतना भएको ठाउँ थियो । त्यहीँबाट उनलाई राजनीतिको ज्ञान मिल्यो । उनको सम्पर्क बङ्गाली नेता चित्तरन्जन दाससँग भयो। केही समयपछि उनका बुबालाई राणा प्रधानमन्त्री जुद्ध शमशेरले निर्वासित गरिदिए ।

माथेमा नेपालको पहिलो पुस्ताको शारीरिक सुगठनका खेलाडी हुन्, उनको कौशल देखेर राजा त्रिभुवनले माथेमालाई नीजि व्यायाम प्रशिक्षकमा नियुक्त गरेका थिए । 

सामाजिक सञ्जालमा भेटिएका धर्मभक्त माथेमा केहि दुर्लभ तस्बिरहरूः 







(फोटो : ओल्डफोटोजअफनेपालबाट)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार