आमनेपालीले माघ १ गते मात्रै माघे संक्रान्तिको रुपमा आ–आफ्नै रिती संस्कृति अनुसार मनाएपनि थारु समुदायमा भने नयाँ अध्याय अर्थात नयाँ वर्षको सुरुवात गर्ने पर्वको रुपमा हर्षोल्लासमय ढंगले मनाउने गरेको छ ।
सर्लाहीको हरिपुरको थारुवस्ती पनि माघौटा नाच, सखिया नाच, झुमरा नाच, लाठी नाच, ढमारलगायत लोक गीत संगै डफ र मादलको आवाजले गुन्जयमान बनेको छ । पटाका फोरेर, थारु किशोरीहरुलाई जातिय भेषभुषामा प्रस्तुत गरि विभिन्न नृत्यहरू देखाइएको थियो ।
तीन दिनसम्म मनाइने पर्वको सुरुवात पुसको अन्तिमबाट नै सुरु हुने बताइन्छ ।
(तस्बीर : जेडी तमु)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...