रोल्पाका भट्टीमा कमरेडहरू
गाई फ्राइको रेसपी सिकाउँदै छन्
फेरि लिस्ने लेकमा
शिव लिङ्ग रोप्दै छन्- कमरेडसाबले
हो यत्ती कुरा बुझ्न बाँकी छ ..
गणतन्त्रको बिरुवा रोप्ने रोल्पा
धर्म निरपेक्षता फुलाउने रोल्पा
भित्ताहरूमा कर्पोरेट हाउसको विज्ञापन बोकेर
के गरिरहेको छ ?
यत्ति बुझ्न बाँकी छ ....
शत्रुको आशीर्वाद लागोस् ।
नोट: फोटोहरूले कविता बोलिरहेका छन् । शब्द फगत अनावश्यक हुन् । (कविता: जनक कार्की)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...