काठमाडाैँ -वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्रा बिहान ६ः५१ बजेको साइतमा इन्द्रध्वजा ठड्याएसँगै यस वर्षको इन्द्रजात्रा आजदेखि सुरु भएको छ ।
गएको वर्ष कोरोना महामारीका कारण औपचारिक पूजा गरेर मात्रै मनाइएको जात्रा यो वर्ष भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाइएकाे छ ।
हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिन यो जात्रा सुरु हुन्छ । हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको सुरुआत गर्ने गरिन्छ । आज बिहानै लिङ्गो ठड्याएर जात्राको औपचारिक सुरुआत गरिएको छ ।
यो जात्रा आठ दिनसम्म मनाइन्छ ।
हनुमानढोकामा आज देखिएका केही दृश्यहरुः
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...