हामी मान्छेले बाँच्नुपर्ने यति छोटो जीवनको सफरमा अनेकौँ चुनौतीहरूले हामीलाई घेराबन्दीमा गर्दै आएको छ । सिंगो ग्रह नै संकटमा अल्झिरहेको यो विषम परिस्थितिमा यस लोकको अधिकांश मुलुकहरू अहिले बन्धनमा छ, उल्झनमा छ । कोभिड-१९ (कोरोनाभाइरस) ले संसार आक्रान्त भएको पनि लगभग डेढ वर्ष नाघिसकेको छ । यतिखेर दुनियाँ कोरोनाबाट बच्न र बचाउन कोभिड विरुद्धको भ्याक्सिन धमाधम दिइरहेका छन् । र नेपालले पनि बिभिन्न राज्यहरूकाे सहयाेगमा कोभिड विरुद्धको भ्याक्सिन सर्वसाधरणलाइ दिइनै रहेकाे छ।
तापनि नयाँ भेरियन्ट देखिएसँगै हाम्रो मुलुक यसखेर कोरोना संक्रमणकाे जाेखिममै छ । आफू, परिवार, समुदाय र सिंगो मुलुकलाई सजग र सुरक्षित बनाउन आजकल हर कोही स्यानिटाइजर र मास्कको उचित प्रयोग गरि नै रहेका छन्, छौँ। समाजमा थोरै भएपनि सचेतना र सजगता लागू होस् भन्ने हेतुले हामीले विगत केही शृङ्खलादेखि कवि, कलाकार, गायक, रंगकर्मी, व्यवसायी, किसान, मजदुरलगायत विभिन्न क्षेत्रसँग आवद्ध व्यक्तिहरूको मास्क लगाइरहेको फोटोलाई 'विहाइण्ड द मास्क' कोलममा यसरी सम्प्रेषण गरिरहेका छौँ ।
डाक्टर(चिकित्सक) - सौरभी पुन
रंगकर्मी - दिलिप रानाभाट
गितकार - बिकास संगम राई
लेखक - विश्व कुइकेल
शिक्षिका - काजल तामाङ
सवारी चालक - देवेन्द्र राई
गायिका - सुनिता थेगिम
अध्यक्ष (फिनिक्स बुक्स) - गणेश सुवेदी
संगितकार - बसन्त साप्कोटा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...