नेपाली कलाले आफ्नो विकासक्रममा विभिन्न चरणहरू पार गर्दै आएको छ । आजका कलाकारहरू आफ्नो परम्पराको साथसाथै विश्वमा जन्मिरहेको कलाका नवीन प्रचलनहरूको प्रयोग गर्न सधै तत्पर देखिन्छन् ।

कला कलाको लागि मात्र नभई मानव जीवनको लागि समेत अपरिहार्य तत्व हो । यसरी नृत्य कलाकारिता मार्फत आफूभित्रको भाव प्रकट गर्न अभ्यस्त अर्को नाम हो एलिजे बियानिक । 

करिब ढेड दशकबाट नृत्य निर्देशन तथा सांगीतिक रंगकर्म गरिरहेकि फ्रान्स कि एलिजे बियानिक हाल नेपालमै रहेर कलाकारितामा सक्रिय छिन् । 

५० भन्दा बढी प्रोडक्सनमा काम गरिसकेकी बियानिक नेपालमै ८ वर्ष बाट संघर्षरत छिन् । आफ्नै आवाजलाई सुन्नु र आफ्नै दृश्यपरक भाष्यमा आफूलाई अभिव्यक्त गर्नु नै उनको खुबी हो । 

बहुप्रतिभाशाली उनी प्रथम अन्तर्राष्ट्रिय 'रुसलान अम्याजिङ एडभेन्चर  सांगितकप ब्रोडवे सो', 'दोस्रो रुस्लान तामाङ सांस्कृतिक डान्स ड्रामा', 'द फ्लाइट' जस्ता ५ म्युजिकल डान्स ड्रामा २०१४, 'मिस नेपाल २०१७', 'दल्जित फेसन सो' लगायत विभिन्न म्युजिक भिडियोमा नृत्य निर्देशन तथा अभिनय गरिसकेकी छिन् । भने संगीतिक नाटकहरूमा समेत निर्देशन तथा अभिनय गरिसकेकी छन् ।

उनले छिमेकि देश भारतका इन्डियन आर्मी तथा महिलाहरूलाई नेपाली नृत्यको प्रशिक्षण समेत गराइसकेकी छन् ।

उनै प्रतिभाशाली कलाकार एलिजे बियानिक सँग ‘द मार्जिन ’ले गरेको कुराकानीका क्रममा उनको मुडलाई यसरी कैद गर्ने प्रयास गरिएकाे छः







यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार