काठमाडौं, अझ चक्रपथभित्र । आफैँमा एउटा निकृष्ट प्रवृतिको प्रतिक भएर बाँचेको छ । यसका निम्ति हामी सबै भागिदार छौं । प्राकृतिक हिसाबले अनुपम यो स्थान आजभोलि रहर कम वाध्यताले बढी चलेको छ । चाडपर्व, साह्रो गाह्रोमा आम मानिसहरू यहाँबाट निस्कन खोज्नुले पनि यो सत्यलाई छर्लङ्ग पार्दछ । अहिले कोभिडको दोस्रो लहरले चुर्लुम्म डुबेको यो शहर आफैँमा पिडित छ । जब महामारीहरू, विपत्तीहरु आउँछन् तब मात्र काठमाण्डौं प्रवृत्तिले आफ्नो हैसियत थाहा पाउँछन् । तर त्यो बेला निक्कै ढिला भइसकेको हुन्छ । अन्य बेला काठमाण्डौंले चक्रपथ बाहिरको मानिस, भाषा, सँस्कृति, पेसा आदि केही पनि चिन्दैन । त्यहीँ आसपासमा परेको विपत्तीहरू उसले चिन्दैन । देख्दैन । राजधानी दम्भको केन्द्रीय भ्रमले कहिले पनि उनीहरूलाई महसुस गर्न सकेन । कथाकार बिना थिङ तामाङको याम्बुनेर होस या कवि रावतको राजधानी मास्तिरको राजधानी होस् । सबै आफु अँध्यारोमा रहेर खाल्डोको गिज्याउने उज्यालो पिडा सहनेहरुको कथा हो । आफु भत्किएर खाल्डोको कंक्रिट सभ्यताको भ्रामक हाउगुजी नियाल्ने आँगन हो । आज हामीले यीनै कुराहरुलाई प्रतिविम्बित गर्ने फोटो यहाँहरू समक्ष राखेका छौं । 

 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार