मुगु - हिमाली जिल्ला मुगुमा (तिथ्या पुनि) जैन पुर्णिमाको रौनकले छप्पकै छाएको छ । एकातिर कोरोनाको महामारी भएको भएपनि  मुगुमा धार्मिक कार्यले निरन्तरता पाएकाे हाे ।

छायानाथ धामको तीर्थयात्रा शुरू भएसँगै प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमामा मुगुमा याे मेला लाग्ने गर्दछ । 
कर्णालीको कुल देवता मस्टोलगायत महादेवको साउन शुक्ल पूर्णिमामा (तिथ्या पुनि) अर्थात् छायाँनाधाम, ऋणमोक्ष तीर्थस्थल गएर शुद्ध हुने र (तिथ्या पुनि) जनै पूर्णिमाको अवसरमा धामीहरू नाच्ने चलन छ ।

गएको सोमबारबाट छायानाथ रारा नगरपालिका–२ चैना गाउँमा रहेको छायानाथको मूर्ति मुगुमकामारोङ गाउँपालिका–२ डोल्फुमा रहेको छायानाथ धाममा नुहाउन लगिएसँगै छायानाथ तीर्थयात्रा शुरू भएको मानिन्छ । सोही तीर्थयात्रको क्रममा मुगुलगायत जिल्ला बाहिरका धामीझाँक्री दर्शन गर्न छायानाधाम  र ऋणमोक्षमा पुग्ने गर्दछन् ।

जनैपूर्णिमाको अवसरमा छायानाथधाम र क्रणमोक्षमा मेला लाग्ने गर्दछ भने, पूजापाठ, होम, व्रत हुने गर्दछ । त्यहाँ बरदान माग्न धामिझाग्री शुद्ध हुन तिर्थालुको ओइरा लाग्ने गर्दछ । 

विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथधाममा पतन भएको हुँदा वर्षेनि छाययाँनाथामा साउन शुक्ल अष्टमीको दिन देखि पूर्णिमासम्म मेलालाग्ने र तिर्थालुहरू श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान माग्न ,धामिझागी शुद्धहुन तथा बिदोमाग्न छायाँनाथधाम र क्रणमोक्ष जाने गर्दछन 

साउन शुक्ल अष्टमीका दिनदेखि साउन शुक्ल पूर्णिमासम्म तीर्थस्थल छायानाथधाम र ऋण मोक्ष मन्दिरमा जाने  र पूर्णिमाको दिन फर्किएर गाउँमा धामी नाच्ने चलन छ । मुगुका धामी झाँक्री छायानाथ धाम र ऋण मोक्ष मन्दिरमा पुगेर दर्शन गरी फर्किएका छन् ।

मुगुका धामी नाचका दृश्य झलकः 

















 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

नन्दबहादुर रोकाया

लेखकबाट थप...

सम्बन्धित समाचार