जुम्ला- आज जेष्ठ नागिरक दिवसका अवसरमा जुम्लाका जेष्ठ नागरिकले धुम्रपान निषेधको  घोषणा गरेका छन् । ज्येष्ठ नागरिक दिवस मनाउने क्रममा उनीहरूले आफ्नो क्षेत्रमा कुनै पनि प्रकारको सुर्ती सेवन नगर्ने र गर्न नदिने घोषणा गरेका हुन् ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा जेष्ठ नागिरक दिवस मनाउने गरिन्छ । यही क्रममा जुम्लाका जेष्ठ नागरिकले धुम्रपान निषेध क्षेत्र घोषणा गरेका हुन् । 

कतिपयले साथीभाईको करले, केहीले तनाव घटाउँछ भन्ने गलत मानसिकताले र केहीले हर्षबढाइँ वहानामा सुर्तीजन्य पदार्थ सेवन गरिरहेका  कारण धेरैको स्वास्थ्यमा समस्या भएकोले जेष्ठ नागरिकहरूले आफ्नो क्षेत्रलाई धुम्रपान निषेध क्षेत्र घोषणा गरेको तुलाराम न्यौपानेले बताए ।

उनले भने, 'हाम्रो  उद्देश्य भनेको जेष्ठ नागरिक सबैको घरघरमा धुम्रपान निषेध होस् भन्ने हो । तर, धेरै जेष्ठ नागरिक आफै धुम्रपान गर्ने भएकाले यस्तो  कार्यको थालनी गरिएको हो ।'

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार