वाम्बुले राई समाज, नेपाल (वाम्रास)को २४औं स्थापना दिवसको अवसरमा २०७८ मंसिर २० गते सोमबार ‘वाम्बुले राई भाषाको २३औं कविता प्रतियोगिता’ आयोजना हुने भएको छ । 

प्रतियोगिता भर्चुअल माध्यमबाट आयोजना गरिने आयोजकले बताएका छन् ।

देश–विदेशमा रहेका वाम्बुले भाषी कविहरूले आफ्नो रचना पठाउन अनुरोध गर्दै वाम्रासले एक विज्ञप्ति सार्वजनिक गरेको छ  । विज्ञप्तिअनुसार यसअघि प्रथम पुरस्कार प्राप्त गरिसकेका र लिब्जु–भुम्जु पुरस्कार प्राप्त कविहरू अप्रतियोगी रहनेछन् ।

प्रतियोगितामा सहभागी कविहरूले पालना गर्नुपर्ने नियम यस प्रकार रहेको छ :

१) कविको नाम, थर स्पष्ट खुलेको हुनुपर्ने छ । प्रतियोगितामा वाम्बुले भाषा बोल्न, लेख्न, पढ्न जान्ने जोसुकैले सहभागी हुन पाउने छ ।

२) कविता वाम्बुले भाषा देवनागरी लिपिमा बढीमा १५० शब्दको र वाचन गर्दा ३ मिनेटको हुनुपर्नेछ । सहभागी कविताहरू संग्रहका रूपमा प्रकाशन गरिने छ ।

३) विषय : किराती (वाम्बुले) भाषा, संस्कार, संस्कृति, परम्परा, पर्यावरण, विश्व परिवेश आदि । कुनै जात, जाति, धर्म, सम्प्रदायप्रति आँच नपुग्ने रचना हुनुपर्नेछ ।

४) २०७८ मंसिर १५ गतेभित्र इमेल, वाट्सएप, भाइबर वा फेसबुक म्यासेन्जरमार्फत् पठाउन अनुरोध छ ।

५) कविता वाचन गर्दा मौलिक भेषभूषा लगाउनुहोस् । वाचन गरिएको कविता राम्ररी सुनियोस् । भिडियो खिच्दा उज्यालो र हल्ला नहुने ठाउँमा क्यामरा नहल्लिने गरी, कविको कम्मरभन्दा माथिमात्र देखिने गरी खिचाउनुहोस् । प्रतियोगिता सम्पन्न हुनुअघि सो भिडियो सार्वजनिक नगर्न अनुरोध छ ।

६) प्राप्त कवितालाई भर्चुअल जुममार्फत् प्रसारण गरिने छ । कविता छनोट प्रक्रिया निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ ।

७) प्रतियोगितामा सहभागी कविहरू सबैलाई प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियोगितामा विजयी पाँचजना कविलाई क्रमशः प्रथम १० हजार, द्वितीय ६ हजार, तृतीय ४ हजार तथा सान्त्वना दुईजनालाई २–२ हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।

सम्पर्क : गणेश वाम्बुले राई–९८४१२५६४८८, विकास सौगात– ९८५१०२२५८४ [email protected], [email protected].

आयोजक : वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यसमिति महालक्ष्मी नगरपालिका–१, इमाडोल, ललितपुर, नेपाल ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार