आरोहण गुरुकुलमा मन्चित नाटक ‘ताराबाजी लै लै’ नेसन्स फेलाङ्सको युट्युव च्यानलबाट सार्वजनिक भएको छ । नाटकमा सौगात मल्ल, राजकुमार कार्की, भोला सापकोटा, विनय श्रेष्ठ, पशुपती राई, विपिन कार्की, कमलमणी नेपाल, अरुणा कार्की, सरिता गिरी, सरस्वती चौधरी, प्रविण खतिवडा, सुरेश चन्द, समुना कार्की, आदिले अभिनय गरेका छन् ।
यो नाटक नर्वेजियन रंगकर्मी मोर्टिन क्रोगले निर्देशन गरेका हुन् । गुरुकुलमा भएको सम्पुर्ण डकुमेन्ट्री, नाटकहरुलाई संरक्षण गर्ने उदेश्यले यो अभियान थालिएको हो । सम्पुर्ण डकुमेन्टसका अधिकार भने आरोहण गुरुकुल कै रहने छ । यसलाई व्यवसाय प्रयोजनका लागि प्रयोग नगर्ने सर्तमा गुरुकुलका तर्फबाट सुनिल पोख्रेलले 'द नेसन्स फेलाङस'लाई जिम्मा दिइएको हो । पोखरेल भन्छन् : “त्यतिकै हराएर जानुभन्दा कम्तिमा मन भएकाहरूले हेरुन् भनेर यो काम अघि बढाएका हौं ।”
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...