काठमाडाैँ । केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचमा नभएको उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा सौर्य ऊर्जा (सोलार) निः शुल्क वितरण गरिएको छ ।
डोल्पोबुद्ध –६ का १२८ घरधुरीमा ५० वाटको सोलार जडान गरिएको वडाध्यक्ष नुर्बु डम्डुल गुरुङले जानकारी दिए । कादुरी नामक संस्थाको सहयोगमा वडाका सम्पूर्ण घरधुरीलाई निःशुल्क सोलार प्रदान गरिएको उनले बताए । संस्थाले सोलार खरिद गरिदिएर जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरसम्म ढुवानी गरिदिएको थियो । यसपछि स्थानीय आफैँले सोलार ढुवानी गरेका थिए । सोलारले दैनिकीमा सजिलो भएको स्थानीयवासी सेनाङ लामाले बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...