काठमाडाैँ । काठमाडाैँ उपत्यकाका ३ जना मेयरहरूकाे उपस्थितिमा साइकल संस्कृति अभियान शुरू हुने भएकाे छ । विश्व साइकल दिवसकाे अवसरमा शुरू हुन लागेकाे अभियान काठमाडाैँका विभिन्न साइकल समूहले आयाेजना गर्न लागेका हुन् ।
जेष्ठ २१ गते शनिवार पाटन दरबार स्क्वायरबाट शुरू हुने साइकल अभियान दरबारमार्ग पुगेर कार्यक्रममा परिणत हुनेछ । कार्यक्रममा काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीकाे उपस्थिति रहने आयाेजकबाट जारी सूचनामा भनिएकाे छ ।
आयाेजकले प्रदुषणमुक्त काठमाडाैँकाे परिकल्पनालाई साइकल संस्कृतिले साकार पार्ने विश्वास लिँदै मेयरहरूबाट त्यसका लागि प्रतिबद्धता हासिल हुने उद्देश्यले अभियान थालिएकाे बताए ।
त्यस्तै, साइकल लेन तथा साइकल पूर्वाधार नीतिबारे साइकल यात्रीहरूको आवाज मेयरहरू समक्ष राख्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...