काठमाडाैँ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा खानेपानी योजना सञ्चालन हुने भएको छ । चाँगुनारायण नपा–९ ताथली चापाटोलमा करिब आठ करोड बराबरको खानेपानी योजना सञ्चालन हुने भएको हो ।
स्थानीय समुदायलाई खानेपानी सहज बनाउन स्थानीय उपभोक्ता समितिमार्फत योजनाको काम गर्न लागेको नगरपालिका वडाध्यक्ष गणेश त्यातले जानकारी दिए । अध्यक्ष त्यातले आजै डिपबोरिङको उद्घाटन गरी विगत लामो समयदेखि खानेपानीको चरम समस्या भोग्दै आएका ताथली नालाछापवासीको लागि सहज रुपमा खानेपानीको सुविधा दिन सञ्चालनमा ल्याइएको बताए ।
उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र् थापाले विगत लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका ताथली नालाछापबासीका लागि सहज सुलभ तरिकाबाट खानेपानीको सुविधा दिन यो योजना सञ्चालनमा ल्याएको बताए । उनले योजनाका लागि वडा र नगरपालिकाबाट समेत आवश्यक बजेट विनियोजन गनुपर्ने बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...