काठमाडाैँ । काठमाडौंबाट धनगढीका लागी उडेको श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि फेरि काठमाडौंमै अवतरण गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । जहाजमा ८० यात्रु लिएर उडेको जहाजको बाँया इन्जिनमा समस्या आएको सिटौलाले बताए ।
उक्त जहाजमा धनगढी जान लागेका यात्रुलाई आजै अर्को जहाजमा पठाउने कि के गर्ने भन्नेबारे छलफल भइरहेको श्री एयरलाइन्सले जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...