एजेन्सी- युट्युव भिडियोमा अब डिसलाइकको संख्या हेर्न नपाईने भएको छ ।
कम्पनीले ‘डिसलाइक अट्याक’ ह्यारेसमेन्ट रोक्ने उद्देश्यले यस्तो नियम ल्याएको हो ।
युट्युबले डिसलाइकको संख्या प्राइभेट गर्नेछ तर बटन भने हटाउने छैन् । यसको अर्थ कुनैपनि भिडियो डिसलाइक गर्न सकिन्छ तर डिसलाइक गरेको संख्या भने देखिने छैन् ।
युट्युब क्रियटरहरूले भने युट्युब स्टुडियोबाट डिसलाइक काउन्ट गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
युट्युवले भिडिओलाई मन नपराउनेको संख्या देखिँदा कन्टेन्ट क्रिएटर एवं भिडिओसँग सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठा, सुरक्षा र सम्मानमा प्रभाव परेको उल्लेख गरेको छ ।
डिसलाइक गणनाबाट भर्खर सुरूवात गर्दै गरेका कन्टेन्ट क्रियटरको मानसिक स्वास्थ्यमा प्रभाव पर्ने गरेको हालैको युट्युवको सर्वेक्षणले पनि देखाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...