एजेन्सी- सामाजिक सञ्जाल फेसबुकले अब फोटो र भिडियोमा अनुहार नचिन्ने भएको छ ।

फेसबुकले अनुहार चिन्नका लागि प्रयोग गर्ने गरेको सफ्टवेयरको प्रयोग अबदेखि नगर्ने भएको हो ।

 फेसबुकले आफ्ना प्रयोगकर्तामाथि यसको प्रभावलाई लिएर आलोचनाको सामना गरिरहेको थियो ।

अहिलेसम्म सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उक्त सुविधा छान्न सक्थे जुन तस्बिरमा उनीहरुको अनुहारको स्क्यान गर्दै प्लेटफर्ममा कसैले उनको तस्बिर पोस्ट गरेको छ भन्ने सूचना दिने गरेको थियो । अब त्यस्तो नहुने भएको हो ।

नेशनल इन्स्टीट्युट अफ स्ट्याडर्ड एण्ड टेक्नोलोजीद्वारा गरिएको अध्ययनका अनुसार, अफ्रिकी/अमेरिकी महिलाहरुको गलत पहिचान हुने सम्भावना धेरै थियो । 

(एजेन्सीहरुको सहयोगमा)
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...