काठमाडौँ – बलिउडका चर्चित अभिनेता आमिर खानले सम्बन्ध विच्छेद गरेका छन् । उनले दोस्रोपटक गरेको विवाह सम्बन्ध करिब १५ वर्षपछि टुट्न पुगेको हो ।
उनकी दोस्रो पत्नी किरण रावसँग आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन् । उनीहरू २८ डिसेम्बर २००५ मा विवाह गरेका थिए । सम्बन्ध विच्छेदपछि उनीहरू संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यी १५ वर्षमा एकसाथ जीवनभरिको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ ।’
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...