एजेन्सी - एल साल्भाडोरले बिट क्वाइनलाई वैधानिकता दिएकाे छ । राष्ट्रपति नाइब बुकेलेले संसद समक्ष बिट क्वाइनलाई वैधता दिने विधेयक एल साल्भाडोरको संसदले पारित गरेको छ । मध्य अमेरिकी मुलुक एल साल्भाडोर बिट क्वाइनलाई वैधता प्रदान गर्ने विश्वकै पहिलो देश पनि बनेको छ ।

बिट क्वाइन डिजिटल मुद्रा हो र यो क्रिप्टोकरेन्सीलाई मुलुकभित्र मान्यता दिँदा यसले एल साल्भाडोरको वैदेशिक मुद्रा विनिमय पद्धतिलाई असर पार्न सक्छ । यद्यपि, मंगलबार साँझ अधिकतम सांसदहरूले बिट क्वाइनको मान्यताको पक्षमा मत दिएपछि सो विधेयक पास भएको हो ।

‘बिट क्वाइन विधेयक संसदबाट आवश्यक बहुमतबाट पारित भएको छ’ राष्ट्रपती नाइब बुकेलेले ट्विट गरेका छन् । बिट क्वाइनलाई वैधता दिने पक्षमा ६२ संसदले मतदान गरेका थिए भने । बुकेलेका अनुसार, बिट क्वाइनले विदेशमा रहेका साल्भाडोरियनलाई आर्थिक कारोबार गर्न तथा मुलुकमा रेमिट्यान्स पठाउन सहज हुनेछ । 

‘यसले बित्तिय समावेशिता, लगानी, यातायत, आबिस्कार र मुलुकको आर्थिक समृद्धि टेवा पुर्याउने छ’ मतदान पछि राष्ट्रपतिले भनेका छन् । उनले बिट क्वाइनको उपयोग स्वेच्छिक भएको र यसले प्रयोगकर्ताहरुलाई जोखिम पनि नहुने समेत बताएका छन् ।

‘हरेक ट्रान्जिसनमा डलरसँगको उचित सट्टा दरको बारेमा सरकारले जिम्मा लिनेछ’ राष्ट्रपतिले भनेका छन् । एल साल्भाडोरले वैदेशिक कामदारबाट प्राप्त रेमिट्यान्सबाट राम्रो डलर भित्र्याउने गरेको छ । विश्व बैंकका अनुसार यसले २०१६ मा वैदेशिक रोजगारबाट ६ बिलियन डलर भित्रियाएको थियो । यो भनेको त्यहाँको छैटाैँ ठूलो जिडिपी स्राेत हो । यद्यपि बिट क्वाइनको वैधानिकता विवादरहित भने छैन । यसबाट कर छली हुने तथा अत्याधिक मात्रामा कालो धनले वैधानिकता पाउने सम्भावना भएको विज्ञहरू बताउँछन् । एक, दश, सयका नोटझै बिट क्वाइनमा पनि व्यक्तिको स्वामित्व हुन्छ । तर साँच्चिकै पैसा जस्तो यो हातमा वा बैंकमा भने हुँदैन । यो अनलाइनमा मात्रै रहन्छ । 

यसका समर्थकहरूले बिट क्वाइनलाई भविष्यको मुद्राका रूपमा लिन्छन् । यसको मूल्य पनि कति धेरैले यसलाई अपनाउने छन् त्यसैले निर्धारण गर्नेछ । क्वाइन मार्केट क्याप पेजका अनुसार, गत वर्ष यसको बजार २.५ ट्रिलियन डलर बराबरको थियो । एक बिट क्वाइनको मूल्य अहिले ३६,१२७ अमेरिकी डलर बराबर छ । के यसले बिस्तारै अन्य मुद्रालाई विस्थापित गर्ला त ? त्यो हेर्न बाँकी नै छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...