काठमाडाैँ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेका उक्त विधेयक अब ऐनमा परिणत भएको छ । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो ।
उक्त विधेयक उनले जेठ ११ गते नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरी जारी गरेका कर्णाली प्रदेश प्रमुखको कार्यालय, सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिए । यससँगै कर्णालीमा ३८ विधेयक प्रमाणीकरण भएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...