काठमाडौँ- सरकारले  रसायनिक मल खरिदका लागि १२ अर्ब ७१ करोड थप गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा वृद्धि भएकाले चालु आवमा मल खरिदका लागि नियमित बजेटमा विनियोजित रू. १५ अर्बका अतिरिक्त रू. १२ अर्ब ७१ करोड थप गरेको हो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा आईतबार आयोजित पत्रकार सम्मेलनमा आगामी तीन महिनासम्म ७५ हजार मेट्रिक टन मल आवश्यक पर्ने देखिएको बताईएको छ । 

मन्त्रालयले मलको समस्या निराकरणका लागि  प्रयास भइरहेको र आगामी दिनमा मलको सहज व्यवस्थापन तथा आपूर्तिमा प्रदेश र स्थानीय तहसमेतलाई व्यवस्थित बनाइने जनाएको छ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...