काठमाडौँ- पेट्रोलियम पदार्थ र खाना पकाउन प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ ।
नेपाल आयल निगमले गत शुक्रबार (कात्तिक १२ गते) मात्रै इन्धनको मूल्य बढाएको थियो ।
नेपाल आयल निगमले फेरी आजराति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढाएको हो ।
निगमले पेट्रोल र डिजेल मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ भने खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ ले बढाएको छ ।
मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ प्रतिलिटर पुगेको छ भने खाना पकाउने एलपी ग्याँसको १५७५ पुगेको छ ।
निगमले हवाई इन्धन (आन्तरिक र बाह्य उडान)को मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।
मूल्य बढाए पछि हवाई इन्धन आन्तरिक उडानको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।
इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट कात्तिक १५ गते प्राप्त नयाँ मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाइएकाले पुन: मूल्य बढाउनु परेको निगमले जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...