काठमाडौँ – काठमाडौँमा पुनः बर्डफ्लुको संक्रमण देखिएको छ ।
काठमाडौँ कीर्तिपुरका दुई ठाउँ र चन्द्रागिरिमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टिपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए ।
प्रारम्भिक रुपमा करीब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न बुधबार बिहानैदेखि प्राविधिक खटिएका हुन् ।
अस्वभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमुना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पीसीआर विधिबाट गरेको परीक्षण बर्डफ्लु पुष्टि भएको हो । यसअघि काठमाडौँको तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा बर्डफ्लु देखिएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...