एजेन्सी- अफगानिस्तानमा तालिबानी सरकारले विदेशी मुद्रामाथि प्रतिबन्ध लगाएको छ । 

बीबीसीका अनुसार तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले घरेलु लेनदेनमा कोही व्यक्तिले विदेशी मुद्राको प्रयोग गरे उसमाथि कारबाही हुने घोषणा गरेको हुन् ।

‘देशको आर्थिक अवस्था र अन्त हितका लागि रहेका अफगान नागरिकले अफगान मुद्रा नै प्रयोग गर्नुपर्नेछ । इस्लामिक इमिरेट्स सबै नागरिक, पसल र व्यापारीलाई अब लेनदेनमा अफगानी मुद्रा मात्रै प्रयोग गर्न आदेश दिन्छ । विदेशी मुद्राको प्रयोगमाथि प्रतिबन्ध लगाइएको छ,’ उनले भने ।

पहिलादेखिनै समस्यामा रहेको अफगानिस्तानको अर्थव्यवस्था यो निर्णयसँगै संकटमा पुग्ने आकलन गरिएको छ ।

पछिल्लो समय अफगानिस्तानका विभिन्न भागमा कारोबारका लागि अमेरिकी डलरको प्रयोग हुँदै आएको थियो भने पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा पाकिस्तानी रुपैयाँको प्रयोग हुने गरेको छ । १५ अगस्टमा देशमा कब्जा गरेपछि अफगानिस्तानको मुद्रा ‘अफगानी’ को मूल्य निकै कमजोर भएको छ । 

देशको विदेशी मुद्राको भण्डार अन्तर्राष्ट्रिय समुदायले फ्रिज गरिदिएका छन् ।  

(एजेन्सीहरुको सहयोगमा)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...