एजेन्सी – भारतको मध्य प्रदेशस्थित बागवानीकर्मी दम्पतीले पर्पल रंगको संसारकै सबैभन्दा महङ्गो आँप फलाएका छन् । शंकर परिहास र उनकी श्रीमती रानी परिहासको बगैंचामा यो प्रजातिको आँप फलाएका हुन् । केही वर्ष पहिला शंकर चेन्नाइको यात्रामा थिए । त्यतिबेला उनलाई कसैले उपहारस्वरुप आँपको कोयो दिएका थियो ।

तिनले त्यो आफ्नो बगैंचामा रोपेका थिए । विस्तारै आँपको बोट मात्रै हुर्किएन, अचम्मसँग त्यसमा पर्पल रुबी रंगमा दाना पनि लाग्यो । यो जापानीज मियाजाकी प्रजातिको आँप थियो । जुन संसारकै सबैभन्दा महँगो आँप हो । ३५० ग्रामसम्म हुने र १५ प्रतिशतभन्दा ज्यादा सुगर हुने आँप अत्यधिक वर्षात् हुने जापानको मियाजाकी प्रान्तमा मात्र हुने गरेको थियो ।

अहिले यो आँपको फलको प्रजाति थाहा पाएपछि परिहास दम्पतीले यसको आमाको नामबाट दामिनी आँप राखेका छन् । अहिले धेरै फलफूलप्रेमी तथा भारतीय व्यापारीहरुले यही आँपको लागि परिहास दम्पतीसँग सम्पर्क गरिरहेका छन् ।

एक जना व्यापारीले त एउटै आँपको लागि २१ हजार भारु तिर्न तयार भएका छन् । रानी भन्छिन्, ‘मम्बुइका एकजना गरगहना व्यावसायी यो आँपको लागि जति भएपनि तिर्न भएका छन् । तर हामीले प्रष्ट भनिदियौँ कि हमी यो आँप बेच्दैनौँ । हामी यो फललाई अरू बिरुवा उत्पादनमा खर्चनेछौं ।’

गत वर्ष तिनले एक केजी आँप दुई लाख ७० हजार भारुसम्ममा अन्तराष्ट्रिय बजारमा बिक्री गरेका थिए । त्यस्तै मध्य प्रदेशका होरिकल्चर विभागका प्रमुख आर यस कतरा पनि उक्त आँप हेर्न परिहास दम्पतीको बगैंचामा पुगेका थिए । 

अहिले यी दम्पतीले मियाजाकी आँपका दुई बोटको सुरक्षा गर्न ४ सुरक्षा गार्ड र ६ कुकुर परिचालन गरेका छन् । किनकी अघिल्लो वर्ष तिनको आँपको बारेमा चर्चा चलेपछि चोरहरू बगैंचामा छिरेका थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार