एजेन्सी - अष्ट्रेलियाको संघीय संसदका एक तिहाइ कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको  एउटा प्रतिवेदनमा जनाइएको छ । संघीय संसद्की एक पूर्वकर्मचारीले मन्त्रालयमा नै यौन दुर्व्यवहार भएको गुनासो सार्वजनिक भईरहेका बेला प्रतिवेदन तयार पारिएको हो । उनको भनाई सार्वजनिक भएसँगै क्यानवेरामा हुने यौन दुर्व्यवहारका विभिन्न घटना सार्वजनिक भएका थिए । 

दुर्व्यवहारबाट अधिकांश महिला पीडित भएको यौन विभेदसम्बन्धी अ‍ायुक्त केट जेनकिन्सले बताएकी छन् । 

प्रतिवेदनअनुसार संघीय संसदका ५१ प्रतिशत कर्मचारीले कुनै न कुनै प्रकारको यौन दुर्व्यवहार सामना गरेको उल्लेख छ । 'उनीहरुको यौन दुर्व्यवहारको अनुभवले संसदको गरिमामाथि नै प्रश्न खडा भएको छु', जेनकिन्सले भनिन् । प्रतिवेदनलाई प्रधानमन्त्री स्कट मोरिसनले डरलाग्दो बताएकी छन् । 

संसदमा महिलामाथि हुने दुर्व्यवहारबारे एक कानले सुनेर अर्को कानले उडाइ दिएको प्रधानमन्त्री मोरिसनमाथि अ‌ारोप लाग्दै आएको थियो ।  

अध्ययनमा संघीय संसदका १७२३ पूर्वकर्मचारी र ३३ अ‍ोटा संगठनका विभिन्न व्यक्तिसँग अन्तर्वार्ता लिइएको थियो । प्रतिवेदनअनुसार ६३ प्रतिशत महिला सांसदले यौन दुर्व्यवहार सामना गरेका छन् । यो संख्या दुर्व्यवहारमा परेका कर्मचारीकोभन्दा धेरै हो । 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार