एजेन्सी - युनाइटेड अरब इमिरेट्सको स्थापना दिवसको अवसरमा ५० वर्षअघि सडकमा परेड चलिरहँदा इहाब फौद किशोर अवस्थामा थिए । ६४ वर्षीय फौद अहिले रिटायर्ड इन्जिनियर हुन् । सन् १९७१ को २ डिसेम्बरको भव्य कार्यक्रमलाई उनी अहिले पनि स्मरण गर्छन् । उनले दुबईका संस्थापक शेख जायद बिन सुल्तानको फोटो बोकेर सहरका विभिन्न सडकमा मार्च गरेका थिए । 

अबुधाबी परेडपछिका घटनाहरूको स्मरण गर्दा उनका आँखाबाट अहिले आँशु झर्छ । ‘५० वर्षपछि मैले विशेष महसुस गरिरहेको छु,’ उनी अगाडि भन्छन्, ‘त्यो परेड म र मेरो देशका लागि नै महत्त्वपू‌र्ण यात्रा थियो । ’

दुबईको कूल एक करोड जनसंख्यामध्ये ९० प्रतिशत विदेशी छन् । दुबई स्थापना हुँदा यहाँको जनसं‍ख्या जम्मा तीन लाख थियो । अधिका‍ंश घरहरू माटो र इट्टाले बनेका थिए । तर,  अहिले भने दुबई आर्थिक र राजनीतिक रूपमा मध्यपूर्वकै शक्तिशाली देश साबित भएको छ । 

मोतीको सहरसमेत भनिने दुबई अहिले विश्व बजार र वित्तीय गतिविधिको मुख्य केन्द्र हो । विश्वका ठूला ठूला गगनचुम्बी महलको घर दुबई अहिले विश्वकै मुख्य गन्तव्य बनेको छ । 

‘वर्षाैंअघि मानिसहरूले खजुरको हाँगा माटो र ईटाबाट घर बनाउथे । तर, ती सबै अहिले एकादेशको कथा बनेको छ,’ फउद भन्छन् । 

‘तत्कालिन शेख जयेदले अरब राष्ट्रबादमा विश्वास गर्थे । दुबई महासंघ बनाउन उनले सात ‍अ‍ोटा इमिरेट्सलाई एकजुट बनाएका थिए’, इन्टरनेसनल क्राइसिस ग्रूपका थिंक ट्यांक इलहाम फाकहरो भन्छन् । विश्वमा उत्पादित कच्चा पदार्थमध्ये अधिकांश कच्चा पदार्थ अहिले पनि दुबईमा उत्पादन हुन्छ । 

सन् १९७० देखि तेल र ग्यासका कारण दुबईको तीव्र अ‌ार्थिक बृद्धि भइरहेको छ । दुबईको तेलको स्रोतका कारण राजधानी अबुधाबी वित्तीय यातायात पर्यटक र सञ्चारमाध्यमहरूका लागि मुख्य गन्तव्य बनेको छ । 

सन् २०११ को अरब क्रान्तिपछि दुबईले अ‍ाफ्नो  विदेश नीति परिमार्जन गरेको छ । उसले मध्यपूर्व र अफ्रिकामा भइरहेका युद्धको मध्यस्थता गरिरहेको छ । द्वन्द्वका कारण अरब मुलुकबाट भागेर अधिकांश मानिस यहाँ शरण लिइरहेका छन् । 

‘छिमेकी मुलुकहरूमा भइरहेका जोखिमको दुबईले नजिकबाट मुल्या‌ंकन गरिरहेको छ,’ फाकहरो भन्छन् । स्वतन्त्रपछि दुबई सापेक्षरूपमा तटस्थ थियो । तर, अरब क्रान्तिपछि उसले सक्रिय विदेश नीति अं‍गीकार गरेको छ ।  दुबई मुस्लिम राजनीतिको प्रखर विरोधी हो । दशकौँ लामो अरब राष्ट्रहरूसँग गरेको सहमतिलाइ उल्लंघन गर्दै गत वर्ष उसले इजरायललाइ मान्यता दिने एतिहासिक  नि‌‌र्णय गरेको थियो । 

‘क्षेत्रीय तथा अन्तर्राष्ट्रिय खेलाडीको रूपमा दुबै यस क्षेत्रमा आवश्यकताअनुसार अझै बढी जवाफदेही हुन अ‌ावश्यक छ’, राष्ट्रपतिका सल्लाहकार अनवर गारगस भन्छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार