होन्डुरस - होन्डुरसकी प्रथम महिला तथा  विपक्षी दलकी नेतृ सिमोरा क्यास्ट्रो देशको पहिलो राष्टपति बन्ने भएकी छिन् । उनको विजय निश्चित भएसँगै प्रमुख विपक्षी दल १२ वर्षपछि सत्तामा पुग्ने भएको छ ।  उनका श्रीमान १२ वर्षअघि सेनाको कुमा परेका थिए ।

अ‍ाधाभन्दा बढी मतगणना हुँदा क्यास्ट्रोले ५३ प्रतिशत मत प्राप्त गरेकी छन् । मतगणना भइरहँदा उनी सत्तारुढ नेसनल पार्टीका उम्मेदवार नसरया ‍अ‍‍ासफुराभन्दा २० प्रतिशत मतमा लिडिङ गरेको रहेको त्यहाँको निर्वाचन अ‍ायोगले जनाएको छ । १८ लाख मत गणना हुँदा ३ लाख ५० हजारभन्दा बढी मतले अग्रस्थानमा  छिन् ।

क्यास्ट्रोका श्रीमान म्यानुएल  जिलायलाइ सन् २००९ मा सेनाको सहयोगमा कु गरिएको थियो । क्यास्ट्रोले अ‍ाफू  विजयी भएको दाबी गरेकी  छिन् । उनका समर्थकले ६२ बर्षीया क्यास्टो  विजयी भएको भन्दै खुसियाली मनाएका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार