एजेन्सी - चीनले अन्तरिक्षबाट परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइलको परीक्षण गरेको छ । 

बेलायती अखबार फाइनान्सियल टाइम्सका अनुसार चीनले उक्त मिसाइलको परीक्षण अगस्ट महिनामै गरेको थियो । तर, कसैले पनि यसबारेमा जानकारी पाएका थिएनन् ।

बीबीसीका अनुसार हाइपरसोनिक हतियारको मामिलामा चीनले प्राप्त गरेको सफलताले अमेरिकी खुफिया एजेन्सी हैरान भएको उक्त रिपोर्टमा उल्लेख छ । हाइपरसोनिकको क्षेत्रमा चीनसहित अमेरिका, रुस, उत्तर कोरियाले काम गरिरहेका छन् ।

बीबीसीका अनुसार हाइपरसोनिक मिसाइल ध्वनिको गतिभन्दा पाँच गुणा द्रूत गतिमा उड्न सक्छ । यो ब्यालिस्टिक मिसाइल जस्तै परमाणु हतियारयुक्त र त्यसलाई लिएर जान सक्षम हुन्छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार