काठमाडाैँ - अफगानिस्तानको कान्दहार शहरस्थित शिया मस्जिदमा बम आक्रमण हुँदा ४७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।

शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको हाे । अलजजिराका अनुसार विष्फोटमा ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । एक जना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र विष्फोट गराएका थिए ।



शुक्रबार प्रार्थनामा सहभागी भएकाहरुलाई लक्षित गरि विस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ । तालिबानले विशेष सुरक्षा फौजले घटनास्थल घेरामा राखेको छ र घाइतेहरुको उपचारका लागि रगत आवश्यक परेकाले रक्तदान गर्न आह्वान गरेको छ ।

यो आक्रमणको जिम्मा भने कसैले पनि लिएको छैन । एक साता अगाडि शुक्रबारकै दिन पनि उत्तरी कुन्दुज प्रान्तस्थित शिया मस्जिदमा विष्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । सो घटनाको आईएस–केले जिम्मा लिएको थियो ।

कान्दहारमा भएको यो आक्रमणमा पनि आईएस–के कै संलग्नता हुन सक्ने अनुमान गरिएको छ ।

कान्दहार अफगानिस्तानको दोस्रो ठूलो शहर हो । यो शहरलाई तालिबानको आध्यात्मिक उदगमस्थल पनि मानिन्छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार