सिमकाेट - सर्केगाड गाउँपालिकाले  विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ ।

गाउँपालिकाले देवल आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई  प्याड वितरण गरेको हो । महिनाबारी भएको समयमा लजाएर छात्रा विद्यालय आउन छोड्ने भएकाले उनीहरुलाई निःशुल्क प्याड वितरण गरेको गाउँपालिकाले जनाएको छ । सर्केगाड –१ स्थित तुम्चामा अध्ययनरत सो विद्यालयका ६ कक्षा देखि ८ कक्षासम्मका छात्रालाई प्याड वितरण भएको विद्यालयका प्रधानाध्यापक कालीबहादुर रावतले जानकारी दिए ।

पालिकाभित्रका निम्न माध्यामिक विद्यालयस्तरका विद्यालयमा ११ लाई प्याड वितरण गरिएको छ । वितरणको क्रममा पनि छात्राले प्याड लिन लजाउने गरेको उनीलाई सम्झाइबुझाइ गरेर प्याड प्रदान गरिएको उनले बताए । 

सिमकोटमा प्याड बैंक

सिमकोटमा रेना सेनेटरी प्याड बैंक स्थापना भएको छ । हिमाली शिक्षा र विकास हेड नेपालको सहजीकरणमा ‘स्वास्थ्य सफा, सेनेटरी प्याडको आवश्यकताः सहुलियत दरमा पूरा गर्ने हाम्रो प्रतिबद्धता’ भन्ने संस्थागत नारासहित सिमकोटमा प्याड बैंक स्थापना गरिएको हो । 

महिलाका लागि कम्पनीको अधिकतम खुद्रा मूल्यमा बिक्री गर्ने उद्देश्यले प्याड बैंक स्थापना गरिएको हेड नेपालका छोमु लामाले बताए । सडक सञ्जालसँग नजोडिएका हुम्लामा काठमाडौँदेखि नेपालगञ्जसम्म एति एयरलाइन्स र नेपालगञ्जदेखि सिमकोटसम्म तारा एयरलाइन्सले निःशुल्क प्याड ढुवानी गर्ने भएका कारण सिमकोटमा सहुलियतमा बिक्री गरिने भएको हो । 

सिमकोटमा आइपुगेका प्याड सर्वसाधरणसम्म पुर्याउन हिमाली शिक्षा र विकास हेड नेपालको कार्यालय, डोमा जनरलस्टोर, न्यु हिमालय ट्रेडिङ हाउस र विकास जनरलस्टोरमा पाइने भएको लामाले बताए । जिल्लामा विगतको समयमा कुरीतिको रूपमा हेरिने भए पनि अहिले समयानुकूल शिक्षाले परिवर्तन गरिसकेपछि महिनाबारीलाई सामान्य रूपमा हेरिने गरिन्छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार