उद्योगी तथा व्यवसायी दान बहादुर साउँदले रोजगारीका शीलशीलामा देश बाहिर जाँदा सिप सिकेर स्वदेश फर्किन आग्रह गरेका छन । द मार्जिन मिडियासंग कुराकानी गर्दै उनले काम गर्ने क्रममा सिपलाई बढी प्राथमिकता दिन सके त्यहि सिपलाई सदुपयोग गरी स्वदेशमै बसेर पनि मज्जाले पैसा कमाउन सकिने बताए । विगत लामो समयदेखि उद्योग क्षेत्रमा सक्रिय रहेका साउँदले आफूले पनि कुनै बेला गाउँमा पैसा कमाउने आधार नभएर भारतमा काम गर्न जानु परेको स्मरण गरे ।

                     कुनै बेला म आफै पनि नोकरी गर्न भारतको उडिसा पुगेको थिए । तर मैले त्यहा गइसके पछि पैसा संगै सिप पनि सिके, जुन सिपलाई नेपालमै सदुपयोग गरी सानो उद्योग शुरु गरे, जसले गर्दा अहिले म यहा सम्म पुगे साउँदले भने । आफूले १६ हजार रुपैया ऋण लिएर शुरु गरेको व्यवसायले कडा मेहनेत र परिश्रमका कारण अहिले करोडौको सम्पत्ति जोड्न सफल भएको साउँदले बताए ।

                                                         उनले सरकारले साना, घरेलु तथा ठूला उद्योगहरुलाई प्रोत्साहन गर्न ध्यान नदिनु बिडम्बना भएको बताए । उनले उद्योग क्षेत्रमा अझै पनि थुपै्र चुनौतीहरु रहेको उल्लेख गर्दै नेपाली उद्योगहरुको संरक्षण गर्नु सरकारको दायित्व भएकाले यस कार्यमा सरकार चुक्न नहुने धारणा राखे । उनले कुनै बेला निकै चलेका उद्योगहरु लामो समय देखि बन्द रहनु दुःखद भएको बताए । सरकारकै लगानीमा सञ्चालित उद्योगधन्दाहरु वर्षौदेखि थन्किएर जीर्ण अवस्थामा रहेको भन्दै त्यस्ता उद्योगहरु पुनः सञ्चालन गर्दै उद्योगलाई प्रोत्साहन गर्न सरकार गम्भीर हुनु पर्नेमा समेत व्यवसायी साउँदले जोड दिए । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार