शहरी विकास मन्त्री रामकुमारी झाक्रीले कागजी योजना बनाएर पैसा कुम्ल्याउनेका दिन समाप्त भएको बताएकी छिन । द मार्जिन मिडियाको प्रस्तुती म्यानेजमेन्ट टकमा कुराकानी गर्दै मन्त्री झाक्रीले पावरको भरमा कागजी प्रक्रिया पुरा गरी कामै नगरी बजेट स्वाह् पार्ने गलत संस्कारको अन्त्य गर्ने बताएकी हुन । आवश्यकता र प्राथमकिताका आधारमा योजना बनाएर काम गर्नु पर्ने भन्दै उनले सिमित स्रोत साधनको उच्चतम प्रयोग गर्दै विकास निर्माणका काम अगाडि बढाउनुपर्नेमा जोड दिइन ।

                              उनले कुनै पनि ठाउँमा गरिने लगानीले उपयुक्त प्रतिफल दिनु पर्ने आवश्यकता रहेको औल्याउँदै प्राथमिकताका आधारमा योजना तयार पारी त्यसको प्रभावकारी कार्यान्वयन हुनु पर्ने बताइन । उनले आफूले सम्हालेको मन्त्रालयको जिम्मेवारी पूर्ण बफादार भएर बहन गर्ने भन्दै कुरा भन्दा काम गरेर देखाउन चाहेको उल्लेख गरिन ।

                  मन्त्री झाक्रीले काम गर्ने क्रममा क्षणिक स्वार्थका लागि आफूले कसैसंग सम्झौता नगर्ने भन्दै सम्बन्धको आधारमा आफू अनूकुलका योजना बनाएर पैसा कुम्ल्याउने गलत प्रवृत्तिको अन्त्य गर्न चाहेको दावी गरेकी छिन । उनले नागरीकहरुबाट उठाएको कर र बाह् स्रोतहरुबाट लिने ऋण सहायता सबै नेपालीहरुको टाउको थुप्रिने भन्दै यसरी प्राप्त रकमको दुरुपयोग गर्न नहुने बताइन । मन्त्री झाक्रीले गलत काम कारवाहिका विरुद्ध कानुन बनाएर अगाडि बढ्ने बताइन ।   

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार