डाक्टर सोमलाल सुवेदीले संघीयताको कारण शक्ति स्थानान्तरणमा सहयोग पुगेको बताएका छन । द मार्जिन मिडियाको प्रस्तुती म्यानेजमेन्ट टकमा कुराकानी गर्दै उनले केन्द्रीकृत शासन प्रणाली भन्दा संघीयताका कारण स्थानिय तह सम्म पुगेको अधिकारले सर्वसाधारणलाई सेवा सुविधामा सहज भएको बताएका हुन । नेपाल सरकारका पूर्व मुख्य सचिव समेत रहेका डाक्टर सुवेदीले नेपालमा लागू भएको संघीयता अझै पनि अभ्यासको क्रममा रहेकाले यसको व्यवहारिक कार्यान्वयनले सबैको हित हुने बताए । सुवेदीले राजनीतिलाई सेवा भन्दा कमाइ गर्ने धन्दाका रुपमा लिइनु दुःखद भएको बताए ।

                              स्थानिय देखि केन्द्र सरकार सम्म समावेशिताको व्यवस्था गरिएको भए पनि उनले मुलुकलाई समुन्नत बनाउनका लागि जाति, राजनीति आस्था, क्षेत्र विशेषका आधारमा भन्दा आवश्यकताका आधारमा क्षमता विशेषको व्यक्तिको नियुक्तिलाई प्राथमिकता दिनु पर्ने बताए । उनले संघीय संसदमा पनि क्षमतावान भन्दा पहुँचको आधारमा राजनैतिक प्रतिनिधित्व हुने गरेको बताए । सुवेदीले देशको आवश्यकताको पहिचान गरी अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरु मात्र राजनैतिक नेतृत्वमा आउनु पर्नेमा जोड दिए ।

                 उनले तिनै तहका सरकारमा समावेशिताको सिद्धान्त लागू गरिएको भए पनि त्यसको अर्थपूर्ण सहभागिता बढी महत्वपूर्ण हुने बताए । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार