कफि उद्योगी राजकुमार दुलालले कफि खेतीबाट मनग्य पैसा कमाउन सकिने बताएका छन । द मार्जिन मिडियासंगको कुराकानीमा दुलालले नेपालको मध्य पहाडमा कफि खेती मज्जाले फल्ने भएकाले कफि खेतीमा लागे किसानहरुले राम्रै आम्दानी गर्न सक्ने बताए । जति धेरै कफि उत्पादन गरे पनि नेपाली बजारमा कफिको माग अत्यधिक रहेकोले बजारीकरणमा कुनै समस्या नहुने दुलालले बताए । उनले किसानहरुले अन्य बाली भन्दा कफि खेतीबाट गजबको आम्दानी हुने भएकाले कफि खेती विस्तारका लागि सरकारले गम्भीर भएर किसानलाई सहयोग गर्नु पर्नेमा जोड दिए ।

        सरकारले सिंचाई व्यवस्थापन र कफिको बिरुवा किसानलाई उपलब्ध गराउन सके साच्चै नेपाल स्वीजरल्यान्ड हुन्छ, उनले हाँस्दै थपे कफिको विस्तारका लागि सरकारले किसानलाई आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गर्नु पर्छ । उनले कफिको गुणस्तर जति राम्रो भयो उति नै बढी मूल्य पाइने भएकाले किसानहरुको सिप, ज्ञान र दक्षता बढाउन सके कफिको उत्पादन बढ्नुका साथै गुणस्तर पनि वृद्धि हुने बताए । आफ्नो उत्पादनको मूल्य पाउन कतिपय किसानले समस्या झेल्नु पर्ने भएकाले किसानको पिर मर्कालाई सबैले बुझ्नु पर्ने उनले बताए ।

 

         उनले भने विगतमा म आफै पनि कफि उत्पादन गर्थे । तर बजारमा सिमित कफि उद्योग भएकाले त्यति बेला आफ्नो कफि लिएको लामो समय सम्म पनि पैसा नपाउँदा आफैले कफि उद्योग खोले, मैले कफि किन्ने किसानलाई खरिद गरेको समयमै पैसा तिर्ने गरेको भन्दै आफूले किसानको पिर मर्कालाई बुझेको उल्लेख गरे । पछिल्लो समय कफिका पारखिहरुको संख्या बढेको भन्दै उनले युवाहरुको रोजाईमा कफि पर्ने गरेको बताए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार